गाँस,बास,कपास वा ‘चलचित्र’ ?

सिनेपत्र/काठमाण्डौं
नेपाली चलचित्रको इतिहास आधा शताब्दी भन्दा बढी बित्तिसक्दा यसले कैयौं आरोह अवरोहको सामना गर्नु प¥र्यो । नेपाली चलचित्रको विकासमा विभिन्न बाधा अड्चनहरू आईरहँदा पनि जसो तसो सास फेर्दै अगाडी बढी रहेको अवस्था छ । सरकारको तर्फबाट भने यस उद्योगलाई विकास गर्न कहिल्यै खासै चासो लिएको देखिदैन् । मात्र कलालाई माया गर्ने व्यक्ति वा सर्जकहरूलेनै व्यक्तिगत प्रयासमा जेन तेन यस उद्योगलाई जिवीत राख्ने दिशा तर्फ बढदै आएका हुन् ।यस उद्योगले कहिले विदेशी चलचित्रको चाँप सहे भने कहिले प्राकृत्तिक आपत्तको शुरूआती चरणमा मुश्किलले वर्षको पाँचवटा फिल्म निर्माण हुने गथ्र्यो भने पछिल्लो अवस्थामा नेपाली चलचित्रको उत्पादन संख्या औसतमा बर्षेनि पचास वटाले वृद्धि भएको छ । तर चलचित्रको स्तरमा भने उल्लेख्य विकास भएको देख्न पाईन्छ । तथापि, चलचित्रकर्मी एवं कलाकर्मीले विभिन्न आयामहरू अझ सिक्न बाँकी नै छ । हुन् त गर्दै जाने हो, सिक्दै जाने हो । चलचित्र जस्तो महंगो क्षेत्रमा गर्दै जाने र सिक्दै जाने कुरा त्यति लागु हुँदैन् । बजारको आकार बमोजिम विकास जे जती भएको हो । त्यो सराहनिय छ । कथावस्तु , पटकथा एवं प्रस्तुतीकरणमा भने अझै मिहिनेत र शोध कार्यको थालनी गर्नुपर्ने देखिन्छ ।
चलचित्र समाजको ऐना हो, भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । चलचित्र एवं समाजको एक आपसमा परस्पर संबन्ध पनि रहि आएको छ । तर आज कोरोना जस्तो महामारीले गर्दा समाज र सिनेमाको संबन्ध ऐना झैं टुटेको छ । नेपाल मात्रै होईन कोरोना कहरले गर्दा विश्वभरिकै सिनेमा उद्योग ठप्प छ र यसको असर लामो समय सम्म रहने छ ।
आशा गरौं सब थोक सामान्य भए पछि सिनेमा उत्पादन एवं प्रदर्शन सुचारू होला,तर नेपाल जस्तो गरीब मुलुकमा कोरोना कहर पश्चात नेपाली दर्शक हलमा प्रवेश गर्लान त ? हाम्रो अगाडी यो एउटा ठूलो प्रश्न तेस्रिएको छ ?
हाम्रा देशका जनताले रेमिट्यान्सको माध्यमबाट केही हद सम्म आफ्नो जीवन स्तर उठाएका थिए । मनोरञ्जनका निम्ति खर्च गर्न सक्ने भएका थिए । रेमिट्यान्स नभित्रिएको भए नेपाली जनता गाँस,बास तथा कपासमै अल्झिरहन्थे मनोरञ्जन त परको कुरा हो । मानिसले मनोरञ्न तब मात्र खोज्छन् जब उ जिवन यापन गर्ने हरेक वस्तुबाट सम्पन्न हुन्छन् । अहिलेको यो महामारीले ठूलो आर्थिक संकट निम्त्याउने संभावना देखाईसकेको छ ।
लाखौं जनता जो विदेशमा काम गर्दैछन् । यदि उनीहरु स्वदेश फर्कन्छन् र उनीहरु बेरोजगार भए भने गरिबिले झन् उचाई लिन्छ । सरकारसँग आर्थिक संकटबाट लड्ने न त कुनै सोंच छ न योजना । यस्तो अवस्थामा सिनेमा उद्योगको स्थान कुन ठाउँमा रहन्छ ?, भन्ने कुरा आफै अनुमान लगाउन सकिन्छ । सरकारले त केवल कर मात्र उठाउन जानेको छ । संकटको घडीमा चलचित्र उद्योग होस वा अरू कुनै उद्योग होस् , सम्बन्धित उद्योगबाट उठेको करबाट उक्त उद्योगलाई कसरी मल जल गर्ने भन्ने पनि त जान्नु आवश्यक छ ।
सम्भावित आर्थिक संकटको घडीमा चलचित्रकर्मीले अर्को विकल्प नखोज्ने हो, भने यस उद्योगले पुर्नजागरण वा पुर्नजीवन पाउन सक्दैन् । हालको चुनौतीलाई सामना गर्न चलचित्रकर्मीले विकल्पहरू खोज्नै पर्ने देखिन्छ । यस क्षेत्रको अर्को विकल्प भनेको अनलाईन वा ‘ओ टी टी’ हो । तर यस प्लेटफार्मलाई पूर्ण रूपले अपनाउन पनि लकडाउन खुलेपछि कम्तिमा छ महिना देखि एक वर्ष लाग्न सक्छ । किन भने ‘ओ टी टी’ पनि निशुल्क हुँदैन्न । नेपाली जनताले उक्त प्लेटफार्मलाई शुल्क तिर्नु भन्दा आगाडी ऊ गाँस,बास, तथा कपासको तनावबाट मुक्त हुनुपर्दछ । अर्को तर्फ युट्ुब तथा टिभी जस्ता नि ःशुल्क च्यानल पनि छन् । त्यो पनि विज्ञापनदाताबाट नै चल्ने हुन् । विज्ञापनदाताहरूलाई पनि आर्थिक संकटबाट माथि उठ्न समय लाग्ने छ ।
निर्माताहरूले अबको रणनिति परिवर्तन गर्नुनै चलचित्र उद्योगलाई निरन्तरता दिनु हो । त्यसैले अनलाईन प्लेटफार्मका लागि चलचित्र निर्माण गर्दा निमाताहरूले कन्टेन्टमा बढी ध्यान दिनु पर्ने हुन्छ । त्यस्तै लगानी पनि कम गर्नु पर्ने हुन्छ र कम लगानि गर्दा सिनेमाको स्तर घट्छ भने होईन । यसको लागि होमवर्क र प्लानिङलाई महत्व दिनुपर्ने हुन्छ । कम लगानीमा सिनेमा बनाउन अर्को प्रमुख उपाय के पनि हुन सक्छ भने, कलाकारहरूलाई समेत इक्वीटी शेयरमा राखेर चलचित्र निर्माण गर्न सकिन्छ । शायद बलिउड अथवा हलिउडजस्ता ठूला उद्योगहरूले पनि यही रणनिति अपनाउलान, वास्तवमा भन्ने हो भने ति उद्योगहरूले यस दिशामा कार्य पनि थालिसकेका छन् । लकडाउन पछि एक तर्फ कठिन चुनौति छ भने अर्को तर्फ नयाँ मेकरहरूका लागि राम्रो मौका पनि हुन सक्छ । कारण नयाँ तथा रचनात्मक मेकरहरूले आफ्नो उत्कृष्टता प्रस्तुत गर्ने उद्वेश्यले कम लागानीमा राम्रो परिणाम दिन सक्छन् । ‘ओ टी टी’ प्लैट फर्मको संख्या बढने सम्भावना पनि उत्तिकै देखिन्छ ।
आशा गरौं निकट भविष्यमा नेपालका विभिन्न भाषाहरू ः नेपाली, मैथिली, भोजपुरी, नेवारी तथा थारु लगायत अन्यमा पनि राम्रो कन्टेन्ट सहित स्तरिय चलचित्रहरू अनलाईन मार्फत दर्शकहरूले हेर्न पाउँने छन् ।




