अमितेशकोे सेल्फि चलचित्र ‘प्रकृती’ सार्बजनिक

 


सिनेपत्र/काठमाण्डौं

लामो समयबाट नेपाली चलचित्र क्षेत्रमा निर्देशक, निर्माता, लेखक तथा कलाकारको रुपमा काम गर्दै आएका अमितेश शाहले आफ्नो पहिलो सेल्फि लघु चलचित्र ‘प्रकृती’ सार्बजनिक गरेका छन् ।

यस चलचित्रमा बर्तमान समयमा कोरोना भाईरसले बिश्वब्यापी उडण्ढ मचाईरहेको बेला उक्त भाईरसबाट सम्पुर्ण प्रकृतिले प्रकृतिमा पर्न गएको असर र लकडाउन पछि सबै पुनः पहिलेको जस्तै नियमित अबस्थामा फर्किने सकारात्मक सन्देश यस चलचित्रमा दिन खोजिएको छ ।

लकडाउनको समयलाई सदुपयोग गर्दै उनले यस चलचित्र निर्माण गरेको कुरा सिनेपत्रलाई बताएका छन् । उनले यस चलचित्रलाई भारतको मुम्बईमा हुन गई रहेको लघु चलचित्र प्रतियोगितामा पठाउने सोचाइमा रहेको समेत बताए ।

चलचित्रको बारेमा सिनेपत्रसँग कुराकानी गर्ने क्रममा अमितेश शाह भन्छन् – “ यस छोटो फिल्म को मुख्य मर्म भनेको, स्वयम मानव जाति नै आफ्नो स्वार्थ पुरा गर्नको लागि प्रकृति लाई समाप्त गर्ने दिशा मा छन जुन मानव हितको लागि खत्रा साबित हुनसक्छ र भई पनी रहेको छ । यस कुरालाई चलचित्रमा उत्तार्ने प्रयास गरेको छु ।”

चलचित्रलाई ‘अमितेश शाह’ नामको आफ्नो आधिकारिक युटुब च्यानलबाट लघु चलचित्रसार्बजनिक गरेका हुन् । चलचित्रलाई स्वंयम शाहको निर्देशन, कथा, सम्पादन र छायांकन रहेको छ ।

Comments
Related News