डाक्टरले बनाउने भए चलचित्र

सिनेपत्र/काठमाण्डाै

ह्याप्पी पाठक इ्न्टरटेन्मेन्ट प्रा.लिको निर्माणमा प्रकाश पाठकको लगानीमा चलचित्र निमार्ण हुने भएको छ । प्रकाश पाठक पेशाले चिकित्सक हुन् ।

 

चलचित्रको कथाको काम भइरहेको बताइएको चलचित्रको नाम अहिलेनै सार्बजनिक नभए पनि चलचित्र भने हाँस्य विधामा हुने जनाकारी पाठकले दिए ।

लगभग एक करोडको लगानीमा बन्न लागेको उक्त चलचित्रलाई लेखन तथा निर्देशनको जिम्मा भने चलचित्र बाह्रमासे बाट नेपाली चलचित्र जगत्मा प्रवेश गरेका प्रदिप पाठक ‘नक्कली प्रचण्ड’ ले पाएका छन् । चैतको अन्तिम साताबाट छायांकन प्रारम्भ गरिने भनिएको यो चलचित्र नेपाल, भारत, जापान तथा अमेरिका समेत छायांकन गरिनेछ ।

Comments
Related News