‘पर्खी बसेँ’को सिरिज बन्दै, १३ वर्षपछि

सिनेपत्र/काठमाण्डौं

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्मित फिल्म ‘पर्खी बसेँ’ को नयाँ सिरिज बन्ने भएको छ। गोपीकृष्ण मुभिज र हिमालयन मुभी स्टुडियोको सहकार्यमा ‘पर्खी बसेँ २’ निर्माण हुने भएको हो।

‘पर्खी बसेँ’ रिलिज भएको १३ वर्षपछि यसको दोस्रो सिरिज बन्न लागेको हो। फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। यसअघि २०६४ सालमा निर्माण भएको फिल्म ‘पर्खी बसेँ’लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए। ‘पर्खी बसेँ’मा अभिनेता राज बल्लभ कोइराला, युना उप्रेती लगायतको अभिनय रहेको थियो।

उक्त सिरिजमा रहने कलाकार र प्राविधिकको बारेमा भने औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ। साथै फिल्म म्युजिकल लभ स्टोरीमा निर्माण हुने निर्देशक चौधरीले बताए।

Comments
Related News