‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक

सिनेपत्र/काठमाण्डौं

‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक भएको छ । समुन्द्र भट्ट निर्देशित फिल्म बैशाख १२ गतेबाट सार्बजनिक प्रदर्शनमा आउँनेछ । १ कलाकारको भिन्न अवतार, जबर्जस्त एक्सन दृश्य, ठुलो क्यानभास टिजरमा देख्न सकिन्छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, आना ढकाल,अनिल खनाल, राजेन्द्र विष्ट लगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

Comments
Related News