ठुलो माछाको छायांकन अन्तिम चरणमा ।

सिनेपत्र/काठमाण्डौं

ह्याप्पी पाठक इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ठुलो माछाको छायांकन अन्तिम चरणमा पुगेको छ । प्रकाश पाठकको निर्माणमा तयार भएको यो चलचित्रमा कथा तथा निर्देशन प्रदिप पाठक ‘नक्कली प्रचण्ड’ले गरेको हुन् ।

काभ्रे र काठमाण्डौँ जिल्लाको आसपासमा छायांकन गरिएको जानकारी निर्देशक पाठकले सिनेपत्रलाई गराए । चलचित्रमा महादेव त्रिपाठी, एलिना बास्कोटी, सारदा गिरी, उत्तम के.सी, प्रदिप पाठक, लक्ष्मी गिरी आदि कलाकारले अभिनय गरेका छन् । हाँस्य विधामा निमार्ण गरिको चलचित्र ‘ठुलो माछा’ ले दर्शकको मन जित्नेमा निर्देशक पाठक ढुक्क छन् । यो चलचित्र फाल्गुनको अन्तिम साता प्रदर्शनमा ल्याउने तयारी रहेको निर्देशक पाठकले बताए ।

यस अगि पनि प्रदिप पाठकको लेखन तथा निर्माण रहेको चलचित्र ‘बाह्र मासे’ ले राम्रो व्यापार गर्नुको साथै दर्शकको मन जितेको थियो ।

Comments
Related News