‘सरौतो’ ट्रेलर सार्बजनिक

सिनेपत्र काठमाण्डौं
सिनेम्याटोग्राफरको रुपमा भिन्नै पहिचान बनाउन सफल हरि हुमागाइको निर्देशन रहेको पहिलो चलचित्र ‘सरौतो’ को ट्रेलर सार्बजनिक भएको छ ।
एक्सन जनरामा निर्मित यो चलचित्र ‘सरौतो’ कात्तिक २२ गते प्रदर्शन हुँदैछ । ‘सरौतो’ लाई हरि हुमागाइका भाई उत्तम हुमागाइको छायांकन गरेका हुन् । रागभ कृष्ण गौतमको कथा, संवाद तथा पटकथा रहेको यस चलचित्रमा शंकर महर्जनको द्धन्द रहेको छ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्रमा सुमी र सन्नीसँगै लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos




