चलचित्र निर्देशकले ठगें निर्माता, बजेट बढेर ८० लाख पुग्यो !

सिनेपत्र/काठमाण्डौं

यही असोज १७ गते बाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र ‘शिवम’् का नायक तथा निर्माता सोहम भेटवालले निर्देशक राजु गिरीले आफुलाई ठगेको आरोप लगाएका छन् ।

सिनेपत्र सँग कुराकानी गर्दै उनले भने “आफु बेलायतमा बसेर चलचित्र प्रर्दशनका लागी खर्च पठाएको, तर राजुले त्यो सबै पैसा ब्यक्तिगत रुपमा खर्च गरेर प्रचारप्रसार तथा प्रर्दशनमा वास्ता नगरेको” बताएका छन् । उनले भनें– “मैलो उहाँले भने बमोजिमको रकम पठाए तर अहिले आएर बुझ्दाँ जता पनि बाँकी र पैसा तिर्न पर्ने देखियो ।” साथै चलचित्रको लगानी बढेर ८० लाख पुगेको पनि बताएका छन् ।
चलचित्र क्षेत्रमा आफु नयाँ रहे पनि दर्शकले माया गर्ने कुरामा ढुक्क रहेका उनले, चलचित्रमा आफुले कुनै कुराको कमी हुन नदिएको दावि गरेका छन् ।
दशैंको छेकोमा प्रर्दशनमा आउनलागेको यस चलचित्रमा सोहमका साथमा नायिका सुभेच्छा थापा, कलाकारहरु रवि गिरी, रस्मि भट्ट लगायतको अभिनय रहेको छ ।
निर्देशक राजु गिरीले निर्देशन गरेको यो चलचित्र प्रेम कथा संगै एक्सनमा निर्माण भएको निर्माणपक्षले जनाएको छ ।

हेर्नुहोस् भिडियो ।

Comments
Related News