केकी र दयाको प्रेममा ‘घामपानी’

हाम्रो कला /काठमाण्डौं
रंगपत्रकार दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौंको क्यूज हलमा आयोजित एक विशेष कार्यक्रम विच ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको ट्रेलरमा गाँउले परिवेशमा अन्तर जातिय प्रेमको विषयबस्तु देखाइएको छ । चलचित्रमा केकी अधिकारी, दयाहाङ राई,अङ्कित खड्का,सिल्सा जिरेल, प्रकाश घिमिरे आदिको अभियन रहेको छ ।

यो चलचित्र २०७४ बैशाख १ गतेबाट देशभरका हलमा प्रर्दशन हुदैंछ ।

Comments
Related News