‘कबड्डी कबड्डी कबड्डी’ले पायो उच्च शो, कस्तो गर्ला ब्यापार ?

सिनेपत्र/काठमाण्डौं

शुक्रबारदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले सुखद् ब्यापारको अवसर पाएको छ ।
काठमाण्डौको क्यूएफएक्सले यो चलचित्रलाई अहिलेसम्मकै बढी शो दिएको जनाएको छ । कुमारी, जय नेपाल, लाबिम, छाया सेन्टर र सिभिलमा गरि यो चलचित्रलाई ३८ शो प्राप्त हुदैछ । देशभर क्यूएफएक्स सम्बन्धीत सिनेमा घरमा चलचित्रलाई ६४ शोज मिलेको बताईएको छ ।

क्यूएफएक्सले मंगलबार देखिनै चलचित्रको टिकट बुकिङ खुल्ला गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र भएकाले पनि दर्शकहरु चलचित्र हेर्न आतुर छन् ।

कुनै पनि नयाँ हिन्दी चलचित्र र नेपाली चलचित्र नहुँदा यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सले उच्च शो उपलब्ध गराएका छन् । चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Comments
Related News