पाँचौं मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुदैं

  • फिल्म महोत्सवमा ३८ राष्ट्रका ९० भन्दा बढी डकुमेन्ट्री तथा कथानक फिल्म
  • हाम्रो कला/ काठमाण्डौं

    पाँचौं मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव बिहिबारदेखि राजधानीमा शुरु हुने भएको छ। ‘मेरो पनि अधिकार छ’ भन्ने मूल नारासहित नेपाल पर्यटन बोर्डमा आयोजना हुने चार दिने फिल्म महोत्सवमा ३८ राष्ट्रका ९० भन्दा बढी मानव अधिकारसम्बन्धित डकुमेन्ट्री तथा कथानक फिल्महरु प्रदर्शन हुनेछन्।

    महोत्सवको समापनमा चार फिल्मलाई ‘राइनो अवार्ड’ प्रदान गरिने जनाइएको  छ। यस अवार्ड अन्तर्गत दुई/दुई नेपाली र अन्तर्राष्ट्रिय फिल्म र डकुमेन्ट्रीलाई पुरस्कार प्रदान गरिनेछ। साथै, एउटा फिल्मलाई जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको उद्घाटन ‘देउकी’ को प्रदर्शनबाट हुने जानकारी दिइयो।

    Comments
    Related News