भदौरें झरीमा छायांकन गर्दै सकियो चलचित्र ‘आमा’

सिनेपत्र/काठमाण्डौं

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘आमा’को छायांकन सकिएको छ । पानी नपरेका कारण निकै नै समस्यामा परेको चलचित्र ‘आमा’को टिमले अन्ततः ७२ दिनमा छायांकन सकेको हो ।

चलचित्रमा मिथिला शर्माको शिर्ष भूमिका आमाको रहेको छ भने सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । चलचित्रका लागि सुरक्षाले केश मुण्डन गरेकी थिइन् ।

डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् । चलचित्र ‘आमा’लाई फागूणको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

Comments
Related News