चलचित्र ‘चपली हाइट ३’ निर्माण हुने, स्वस्तिमा खड्काको मुख्य भुमिका

सिनेपत्र/काठ्मान्डौ
दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चपली हाइट’ को तेस्रो भाग निर्माण हुने भएको छ ।मंगलबार चलचित्र ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । तर यो चलचित्रमा भने निर्देशक परिवर्तन भएका छन।चलचित्रलाइ ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन् । यो बर्षको चैतमा प्रदर्शनमा आउने यो चलचित्रमा पहिलो भागमा प्रमुख भूमिका देखिएका अभिनेता आमिर गौतम मात्र दोहोरिने भएका छन् ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ ।
अर्जुन कुमारले निर्माण गर्ने यो चलचित्रमा उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ । चलचित्र ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी अभिनेत्री सुपुष्पा भट्ट र नव-अभिनेता प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ मा अभिनय रहनेछ ।
अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेका कारण चलचित्र छाड्न नसकेको बताइन् । ‘मलाई आफ्नो भूमिका निकै शक्तिशाली लाग्यो । टिम पनि राम्रो पाएँ । नाम नै ब्रान्ड भइसकेको सिरिजमा आबद्ध हुन पाउँदा निकै खुसी महशुस भएको छ’, उनले भनिन् । अर्की अभिनेत्री सुपुष्पा पनि चलचित्र गर्न सहर्ष स्वीकार गर्नुको कारण स्क्रिप्ट रहेको बताउँछिन् । आफू चलचित्रलाई लिएर उत्साहित रहेको उनले बताइन् ।
चलचित्र ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी अभिनेत्री सुपुष्पा भट्ट र नव-अभिनेता प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ मा अभिनय रहनेछ ।
चैतमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको ‘चपली हाइट ३’ को घोषणा सभामा निर्माता अर्जुन कुमारले आफूले निर्माण गर्ने तीन नयाँ फिल्मको पनि घोषणा गरे । उनले यो फिल्मपछि दुई वर्ष अगाडि नै घोषणा गरिएको फिल्म ‘फाटेको जुत्ता’ को दोस्रो पार्ट निर्माण गर्ने भएका छन् । त्यसपछि ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म सुरु गर्ने उनले बताए । उनी निर्मातासँगै गायक पनि हुन् ।




