हलमा एक्लै नयाँ नेपाली चलचित्र ‘सोच’ प्रदर्शनमा

सिनेपत्र/काठ्मान्डौ
अभिनेत्री नीता ढुंगााना र अभिनेता प्रज्वल गिरी अभिनीत चलचित्र ‘सोच’ आज बाट प्रदर्शनमा आएको छ।आशा गरिएका चलचित्रहरु पनि नचलिरहेको अवस्थामा चलचित्र ‘सोच’ ले एकल प्रदर्शनको दुर्लभ अवसर पाएको छ । यो चलचित्र सँग भिड्न हलमा कुनै नयाँ नेपाली चलचित्र छैनन् । यो चलचित्रको निर्देशन र कथा दुबै पूजन सिंह(प्रभाकर प्रकाश) को रहेको छ। उक्त चलचित्र देशभरका झण्डै ६ दर्जन हलमा प्रदर्शनमा आएको छ।
उक्त चलचित्रमा नव नायक पूजनसँगै प्रज्वल गिरी, नीता ढुंगाना,बिशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । यही चलचित्रबाट निर्देशन र अभिनयमा डेब्यु गरेका पुजनले ‘सोच’ प्रति आफू निकै आशावादी रहेको बताए । ‘मलाई मेरो चलचित्र प्रति निकै आशा छ, उनले भने, ‘मैले धेरै समयको अध्ययन, अनुसन्धान र योजनापछि फिल्म निर्माण गरेको हुँ।
निर्मात्री गगां रजकले पनि आफु चलचित्रप्रती आशावाशदी रहेको बताएकी छन् । ‘सोचको ट्रेलर र गीतबाट जुन किसिमको प्रतिक्रिया पाएका छौ, त्यसले हामीलाई अझ आशावादी बनाएको छ ।’ उनले चलचित्र पारिवारिक माहोलको कथा बोल्ने बताइन् । अभिनेता बिशाल पहाडीले ‘सोच’ मा आफू नकारात्मक भूमिकामा रहेको खुलासा गरे । ‘म नकारात्मक भूमिकामा छु,’ उनले भने, ‘मेरो चरित्रलाई परिस्थितिले नेगेटिभ थटको बन्न बाध्य बनाउछ ।’
‘सोच’ रिलिजभन्दा केही दिनअघि अभिनेता प्रज्वल गिरी सपरिवार अमेरिका उडे । चलचित्रको प्रचारमा नहिँडेकोमा अभिनेत्री नीता ढुंगानाप्रति पनि निर्माण टिमको कुनै गुनासो छैन । ‘उहाँहरु जहाँ भए पनि आफ्नोतर्फबाट साथ दिनुभएको छ ।’ निर्देशक पूजनले भने । च्लचित्रको पटकथा र संवाद कृष्ण आचार्यले लेखेका हुन् भने एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।




