‘धुर्मुस-सुन्तली’ को ‘सेन्टी भाइरस’ मा प्रदिप किन अट्न सकेनन !

 

सिनेपत्र/काठ्मान्डौ

गत वर्ष बिभिन्न अनलाइन मिडिया सँग कुराकानी गर्दै अहिलेका जल्दा बल्दा अभिनेता प्रदीप खड्काले आफूलाई ‘धुर्मुस-सुन्तली’ ले निर्माण गर्न लागेको फिल्मबाट अफर भएको बताएका थिए ।सोहि करण ‘धुर्मुस-सुन्तली’ को ‘सेन्टी भाइरस’ प्रदीपले गर्ने सम्भावना प्रवल रहेको चर्चा चलेको थियो । उनले फिल्मको एक लाइन स्टोरी समेत सुनेका थिए । तर, ‘धुर्मुस-सुन्तली’ सँग उनको टिमअप हुन सकेन । यस विषयमा प्रदीप भन्छन्, ‘फिल्मको शिलशिलामा म निकै व्यस्त भएँ । उहाँहरुसँग छलफल गर्नै पाइनँ । त्यसैले उहाँहरुले मैले गर्दिनँ भन्ने ठान्नुभयो होला ।’ यद्यपि, उनले निर्माण टिमलाई फिल्मको सफलताको शुभकामना दिए ।

तर, प्रदीपले आफूलाई फिल्म अफर भएको बताए पनि सिताराम कट्टेल (धुर्मुस) भने यसमा कुनै सत्यता नभएको दाबी गर्छन् । उनी अहिलेसम्म प्रदीपलाई फिल्म अफर नै नगरेको बताउँछन् । फिल्मको घोषणा सभामा एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा उनले भने- ‘हामीले स्क्रिप्ट फाइनल भएपछि कलाकार छनोट गर्न थालेका हौं । प्रदीप भाईलाई हामीले अफर नै गरेका छैनौं ।’ के यसो भए प्रदीपले चर्चाका लागि झुट बोलेका थिए ? प्रश्न उब्जिएको छ ।

‘सेन्टी भाइरस’ को कथा हास्यटेलिसिरियल ‘भद्रगोल’ का कलाकार द्वय कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । ‘भद्रगोल’ टिम पनि ‘फनफनी’ नामक फिल्म बनाउँदैछ । सितारामका अनुसार, ‘भद्रगोल’ टिमले निर्माण गर्ने फिल्मबाट भने प्रदीपलाई अफर भएको थियो । ‘प्रदीप भाई कन्फ्यूज हुनुभयो होला । किनकि, हाम्रो फिल्मको कथा पनि ‘भद्रगोल’ टिमले तयार पारेको हो । उहाँलाई अफर हुँदा हाम्रो फिल्म भन्ने बुझ्नुभयो होला’, उन्ले बताए।

Comments
Related News