अभिनेता विपिन कार्कि ‘सेल्फि किङ’ मा

सिनेपत्र/ काठ्मान्डौ
बहुमुखी प्रतिभाका धनि अभिनेता विपिन कार्की अब बन्ने चलचित्र ‘सेल्फी किङ’ मा अनुबन्धित भएका छन। गत वर्षको हिट चलचित्र ‘प्रसाद’ टिमले निर्माण गर्न लागेको चलचित्र ‘सेल्फी किङ’ मा दोस्रो पटक सहकार्य गर्न लागेका हुन ।
निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्न लागेको उक्त चलचित्रको निर्देशन भने बिशाल सापकोटाले गर्ने भएका छन।बिशाल सापकोटा चलचित्र ‘कारखाना’ का निर्देशक अमरदीप सापकोटाका सहोदर भाई हुन् ।
निर्देशक बिशाल सापकोटाले पहिलो पटक यो चलचित्र निर्देशन गर्दै छन। यसअघि उनी तेलूगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको क्याप्टेनसिप सम्हाल्ने तयारीमा थिए । तर, विविध कारणले यो निर्माण हुन सकेन ।
भदौ १० गतेबाट फिल्मको औपचारिक रुपमा छायांकन सुरु हुने निर्माता मध्येका एक दिनेश राउतले बताए । फिल्मका लागि अहिलेसम्म प्रमुख भूमिकामा अभिनेत्रीको भने टुंगो लागेको छैन । अभिनेत्री द्वय स्वस्तिमा खड्का र लक्ष्मी वर्देवासँग केही दिनदेखि कुरा भइरहेको छ । यसअघि दुईले फिल्म ‘बुलबुल’ मा सँगै काम गरेका थिए ।
फिल्मको मुलकथा विपिनको वरिपरि घुम्ने बताइएको छ । यस वर्षको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि उनले कुनै नयाँ फिल्म साइन गरेका थिएनन् । यद्यपि, उनको पाइपलाइनमा ‘परी’ र ‘फनफनी’ छन् । अब यी दुई फिल्म उनले ‘सेल्फी किङ’ भ्याएपछि गर्नेछन् । निर्माण टिमले फिल्मको विषयवस्तु गोप्य राखेको छ ।




