‘जाइरा’मा समावेश आइटम गीत सार्वजनिक

सिनेपत्र /काठमाण्डाै
चलचित्र ‘जाइरा’मा समावेश आइटम गीत सार्वजनिक भएको छ । ‘यो मात चढेको साँझ’ बोलको आइटम गीत सार्वजनिक भएको हाे । गीतमा मिना निरौलाको स्वर रहेकाे छ ।
सन् १९७४ मा रिलिज भएको चलचित्र ‘मनको बाँध’मा समावेश गीतलाई रिमेक गरेर यो चलचित्रमा राखिएको छ । ‘मनको बाँध’मा समावेश गीतमा भने मिरा राणाले स्वर दिएकी छिन् । गीतमा किरण खरेलले शब्द तथा शिव शंकरको संगीत छ । ‘जाइरा’का लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् ।
‘जाइरा’मा नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेकाे छ । चलचित्रमा उनलाई मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ ।
आशुतोष राज श्रेष्ठकाे निर्देशन रहेकाे चलचित्र भदौ ६ गतेबाट रिलिज हुन लागेको हाे ।
Comments
Related News
Latest Updates
Trending
Videos




