नायक दिलिप रायमाझी लामो समय पछि चलचित्रको पर्दामा

सिनेपत्र /काठमान्डौ

नेपाली फिल्म जगतमा कुनै समय लोभलाग्दो क्रेज र स्टारडम भएका अभिनेता दीलिप रायमाझी पछिल्लो केही वर्षयता अभिनयबाट टाढा रहेका छन् । नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन बाक्लिएसँगै उनको क्रेज खस्किएको थियो, र उनी विस्तारै अभिनयबाट टाढा भएका थिए । तरपनी, उनी फाट्टफुट्ट म्यूजिक भिडियोमा भने झुल्किरहेका हुन्छन् ।

अब भने अभिनेता दीलिप रायमाझीका प्रशंसक हरुका लागी निकै नै खुशीको खबर रहेको छ,अभिनेता दिलिप लामो समयपछि ठूलो पर्दामा देखिने भएका छन् । रिम विश्वकर्माको निर्माण अनि निर्देशन रहने फिल्म ‘हेल्लो काँशीराम’ मा उनको प्रमुख भूमिका रहनेछ । केही दिनयता यस फिल्मको धमाधम छायांकन भइरहेको छ । फिल्म कमेडी जनरामा निर्माण हुने निर्माण पक्षले बताएको छ।

राय्माझिले फिल्ममा नवज्योती रसाइली सङ्ग रोमान्स गर्नेछन् । पी.बि.थापा सह-निर्माता रहेको फिल्मलाई यम आले मगरले छायाँकंन गर्दै छन् भने जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् । फिल्मको छायांकन २५ दिनमा सक्ने निर्माण टिमको लक्ष्य छ । ‘हेल्लो काँशीराम’ मा शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

फिल्ममा दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् । दिलिप र नवज्योति साथै फिल्ममा उमेश मायालु,अर्जुन गुरुङ्ग, उमेश राई, सरोज केसी, सुमन खाँड लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता दीलिपले राम्रो स्क्रिप्ट र दमदार भूमिका भएका कारण फिल्म गर्न राजी भएको बताएका छन् ।

Comments
Related News