‘साइनो’को आइटम गीत सार्वजनिक

सिनेपत्र /काठमाण्डाै‌

नेपाली कथानक चलचित्र ‘साइनो’को आइटम गीत सार्वजनिक भएको छ । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दले निर्माण गरेको चलचित्रको ‘क्या वात छ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मीना निरौलाको आवाज यमन सुवेदी शब्द तथा किरण भुषालको संगीत रहेको  छ ।

अघिल्लो पुस्ताको अभिनेत्रीले निर्माण गरेको उक्त चलचित्रको गीतको भिडियोमा पछिल्लो पुस्ताकी अभिनेत्री नीता ढुंगानाको नृत्य गरेकी छिन् । भिडियोमा अभिनेत्री नीतालाई  अभिनेता राजकुमार र राजा राजेन्द्र पोखरेलले साथ दिएका छन् ।

रमेश थापाको निर्देशनमा बनेको चलचित्र ‘साइनो’मा नीता ढुंगाना, राज कुमार, मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

चलचित्र साइनो यही साउन २४ गते प्रदर्शनमा आउँदैछ । यो चलचित्रको कथा अभिमन्यु निरबीले लेखेका हुन्। शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

Comments
Related News