सुष्मा कार्की चलचित्र‘फटाह फणिन्द्रे’मा

सिनेपत्र /काठमाण्डाै
अरुण खड्काले निर्माण गर्न लागेको चलचित्र‘फटाह फणिन्द्रे’मा अभिनेत्री सुष्मा कार्कीले शिर्ष भूमिका निर्वाह गर्ने भएकी छिन् । यो चलचित्रका अन्य कलाकार भने पक्का नगरिएकाे र अन्य कलाकारको नाम केहि समयपछि सार्वजनिक गर्ने निर्माता खड्काले बताएका छन् ।
चलचित्रमा उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा तथा सम्वाद रहने छ भने रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायांकन रहनेछ । कमेडी जनरामा बन्ने चलचित्रको कार्यकारी निर्माता नेत्र बिष्ट रहेका छन् ।
यो चलचित्र निर्माता खड्कालेनै निर्देशन गर्ने छन् । उनले यसअघि ‘तिम्रो लागि’ र ‘पाठशाला’ निर्माण गरेका थिए ।
Comments
Related News
Latest Updates
Trending
Videos




