यि १० ‘साउथ इन्डीयन’ नायिकाको पारिश्रमीक
हाम्रो कला/ बलिउड /एजेन्सी
बलिउडलाई सपनाको नगरी भनेर चित्रित गर्ने गरिन्छ । बलिउडमा कामगर्ने हरेक कलाकार तथा प्राविधिकले राम्रैं पारिश्रमीक पाउने गर्छन् । यसरी आज हामी बलिउडको पनि ‘साउथ इन्डीयन’ फिल्ममा कामगर्ने नायिकाले के कति पारिश्रमीक लिन्छन् ? सो कुरा बताउदैछौं ।
काजल अग्रवाल
‘स्पेशल 26’ अथवा ‘सिंघम’ जस्ता सफल चलचित्रमा काम गरिसकेकी नायिका काजल अग्रवालले हरेक चलचित्रमा कामगरे वापत २ करोड भारु लिने गर्दछिन् ।

समांथा रुथ प्रभु
थेरी, ईगा, अनजान, र कथ्थी लगायतका चलचित्रमा काम गरिसकेकी नायिका समांथा रुथ प्रभुले चलचित्रमा कामगरे वापत २ करोड भारु लिने गर्दछिन् ।

श्रुति हसन
बलिउडको साथसाथै साउथ मुभिमा काम गर्ने नायिका श्रुति हसनले आफ्नो पारिश्रमीक वापत १ करोड भारु लिने गर्दछिन् ।

नयनतारा
सन् २००३ मा मलयालम फिल्म ‘मनसिनक्कारे’ बाट आफ्नो करियरको यात्रा थालेकी नायिका नयनताराको वास्तविक नाम डायना मरियम कुरियन हो । थानी, ओरुवन, राजारानी, मयुरी लगायतका चलचित्रमा काम गरेकी उनले पारिश्रमीक वापत १ करोड भारु लिने गर्दछिन ।

त्रिशा कृष्णन
अक्षय कुमारसँग काम गरिसकेकी नायिका त्रिशा कृष्णनले चलचित्रमा अभिनय गरेवापत पारिश्रमीक १ करोड भारु लिने गर्दछिन् । उनले बर्षम, थुंगावनम, पौर्नामी लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

रकुल प्रीत सिंह
नायिका रकुलले मोडलिंङबाट आफ्नो करीयरको यात्रा थालनि गरेकी हुन् । उनले अभिनय यात्रा भने सन् २००९ मा फिल्म ‘गिल्ली’बाट गरेकी थिइन् । रकुल गल्फ खेलाडी पनि हुन् । उनले हिन्दी चलचित्र यारियांमा पनि काम गरेकी थिइन् ।
उनले चलचित्रमा अभिनय गरेवापत पारिश्रमीक १ करोड भारु लिने गर्दछिन् ।

तमन्ना भाटिया
नायिका तमन्ना भाटियाले बलिउडमा खासै सफलताको स्वाद नचाखे पनि साउथमा भने उनि सफलनैं छिन् । बाहुबली, ओपिरी, रिबेल लगायतका चलचित्रमा कामगरीसकेकी तमन्नाले चलचित्रमा अभिनय गरेवापत ९० लाख भारु पारिश्रमीक लिने गर्दछिन् ।

नित्य मेनान
नित्य नायिकाको साथै एक कुशल गायिकापनि हुन् । बैंलरमा जन्मिएकी नित्यले पत्रकारीताको अध्ययन गरेकी छिन् । नित्यले १० बर्षको उमेरमा एक हलिउडको चलचित्रमा बाल कलाकारको रुपमा आफ्नो अभिनय यात्रा थलेकी हुन् ।
जोश, केरला कैफे, एंजेल जोन, अनवर लगायतका चलचित्रमा कामगरीसकेकी नित्यले चलचित्रमा अभिनय गरेवापत ९० लाख भारु पारिश्रमीक लिने गर्दछिन् ।

अविका गौर
सन् १९९७ जून, ३० मा मुंबईमा जन्मिएकी अविकाले भारतीय टिभी च्यानलको शो ‘बालिका बधु’ बाट आफ्नो अभिनय यात्रा थालनि गरिन् । चलचित्रमा अभिनय गरेवापत ५० लाख भारु पारिश्रमीक लिने अविकाले थानु नेनु, केयर अफ फुटपाथ, एक्कादिकी पोथावु चिन्नावाडा लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

रेजिना कैसांड्रा
तेलुगु र तमिल फिल्ममा सक्रिय रेजिनाको जन्म सन् १९८८ डिसेम्बर, १३ मा चेन्नईंमा भएको हो । रेजिनाल आफ्नो अभिनय यात्रा तमिल फिल्म कंदा नाल मुदालबाट गरीन् ।
सुर्यकांति, निर्णयम, कोथा जनता, मानागरम चलचित्रमा कामगरीसकेकी रेजिनाले चलचित्रमा अभिनय गरेवापत ५० लाख भारु पारिश्रमीक लिने गर्दछिन् ।





