‘पकेटका पत्रकार’ रे ! (भिडियो सहित)

सिनेपत्र/काठमाण्डाैं
रंगपत्रकार प्रकाश सुवेदीले केही रंगपत्रकार तथा युट्युवरलाई लक्षित गर्दै ‘पकेटका पत्रकार’ काे संज्ञा दिएका छन् । विषय सम्बन्धी जानकारी तथा सत्यतथ्य समाचार प्रवाह गर्नु भन्दा पनि पत्रकारहरु कलाकार संग रमाईलो गर्न तथा टिकटकमा रमाईलाे गरेर जग हसाई रहेकाे बताएका छन् ।
एपी वानकाे लाेकप्रिय रंग कार्यक्रम ‘रजतपट’ मा उनले केही पत्रकार तथा युट्युवरहरुकाे श्रव्य सामाग्री सहितकाे रिपाेर्टमा ‘पकेटका पत्रकार’ भएकाे जिकिर गरेका हुन् । उनले भनेका छन्- “रिवन काट्नकै लागी पकेटकै पत्रकार बाेकेर पुग्नने कलाकारहरु उद्घाटन पछी व्यवसायकाे प्रचार कम घुमाउराे रुपमा अरुकै कुरा काटेर बसीरहेका हुन्छन एउटा कुनामा” अनि कार्यक्रम मार्फत सबै भन्दा बढी पकेटमा पत्रकार बोकेर हिड्ने नायिकाको रुपमा पुजा शर्मालाई गरिएको छ । साथै पकेटका पत्रकारले कलाकारकाे गल्ती भए पनि ढाकछोप गरी राम्राे समाचार मात्र संप्रेषण गर्ने पनि बताएका छन् ।
पत्रकार सुवेदी तिनै रंगपत्रकार हुन् जस्ले निर्माण तथा प्रसारण गरेका कार्यक्रम मार्फत विवादित बनिरहेका हुन्छन् । स्मरण रहाेस् यहि कार्यक्रमको कुनै एक एपिसोडमा एक नायिकाको विषयमा ब्यक्तिगत कुरा उठाउदा केही समय कार्यक्रम बन्द भएकाे थियाे ।
भिडियो हेर्नु हाेस् ।




