चलचित्र ‘भुइँमान्छे’को विशेष प्रर्दशन सम्पन्न, चलचित्र सफल हुनेमा निर्माण पक्ष ढुक्क

हाम्रो कला/काठमाण्डौं

चलचित्र ‘भुइँमान्छे’को काठमाडौंको सिटि सेन्टरमा अवस्थित बिग सिनेमामा मंगलबार विशेष प्रर्दशन गरीएको छ । विशिष्ट व्यक्ति, पत्रकार, बुद्धिजिवी, समाजसेवी आदिको उपस्थितीमा चलचित्रको प्रर्दशन गरीएको हो । अस्पतालमा पोष्टमार्टम गर्ने मानिसको मनोबिज्ञानमा आधारित चलचित्रले प्रर्दशन अवधिभर दर्शकलाई बाँधेर राख्न सफल देखिएको थियो ।

एउटा व्यक्ति डाक्टर बन्ने सपना बोकेर अगाडी हिड्दै गर्दा उसको जिवनमा आइपर्ने समाजिक, राजनितिक, आर्थिक समस्याले उसको सपना अपुरो रहे पछि, जिवनमा आउने उतारचढाव र आफुलाई पुरुषभन्दा कम नठान्ने युवतीको कथासँगैको रोमान्स र सस्पेन्समा चलचित्र आधारित रहेको छ ।

चलचित्र हेरि सकेपछि प्रतिक्रिया दिदैं बरिष्ठ कलाकार तथा अभिनेता हरिहर शर्माले आफुलाई चलचित्र मन परेको र कथा बस्तु तथा कलाकारहरुको जिवन्त अभिनयका कारणले हेर्न लायकको चलचित्र बनेको बताउनु भयो । नेपाल प्रहरीका पुर्व ए.आई.जी राजेन्द्र बहादुर सिङ्गले आफुले हेरेको चलचित्र मध्ये यो चलचित्रले मन छोएको बताउँदै, आफु पनि नेपाल प्रहरीमा रहँदा पोष्टमार्टम कार्यसँग नजिक रहेर काम गरेकाले चलचित्र हेरिसके पछि थप यो बिषयबस्तुले आफ्नो ध्यानकर्षण गरेको प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो । वरिष्ठ पत्रकार निमकान्त पाण्डेले चलचित्रमा अस्पताल भित्रको राजनिति समस्या तथा देशको परिस्थीतीले गर्दा आफ्नो सपनालाई कसरी अधुरो छोड्नु पर्छ भन्ने विषयबस्तलाईु आकर्षक रुपमा प्रस्तुत गरिएको उत्कृष्ट रहेको बताउनु भएको थियो ।

चलचित्रले उठाएको कथाबस्तु ,प्रस्तुतीकरण तथा कलाकारहरुको जिवन्त अभिनयको कारण चलचित्र राम्रो लागेको सहभागी दर्शकहरुको प्रतिक्रिया रहेको थियो । विशेष प्रर्दशनबाट प्राप्त सकारात्मक प्रतिकृयाको कारणले गर्दा चलचित्र सफल हुनेमा निर्माण पक्ष ढुक्क रहेको छ ।

शैली ईन्टरटेन्मेट एण्ड मुभिज प्रा.लि. र शैली थिएटरको प्रस्तुतीमा रहेको चलचित्र यही भाद्र २ गतेबाट देशभर प्रदर्शनमा आउदैंछ ।

Comments
Related News