गीतकारमा जमेका हरि उप्रेती

सिनेपत्र/काठमाण्डौं
हरि उप्रेती नेपाली गीत संगीतको क्षेत्रमा गीतकारको रुपमा एक चिरपरिचित नाम हो , उनले हाल सम्म दर्जनौ गीत रेकर्ड गरिसकेका छन् । बिनाकुनै स्वार्थ नेपाली गीत संगीत क्षेत्रमा निरन्तर योगदान दिइरहेका गीतकार हरि उप्रेतीलाइ आज हामि नजिक बाट बुझ्ने र चिन्ने प्रयास गर्ने छौ ।
हरि उप्रेतीकोे जन्म सन १९७६ जुन २४ मा भुटानको दागाना आमा डम्मर कुमारी उप्रेती र बुवा गणेश उप्रेतीको कोख बाट भएको थियो तर तत्कालीन समय भुटान सरकारले नेपाली भाषि माथि गरेको अन्याय को कारण सन् १९९२ मा आफ्ना आमाबाबुसँग आफू जन्मेको देश छोडेर भाग्नु परेको थियो । भुटान बाट पूर्वि नेपाल आइपुगेका उनको जिवनमा दुखका दिन सुरु भए जव उनी शरणार्थिको रुपमा नेपालमा बस्न थाले । उप्रेती १८ वर्षसम्म नेपालको मोरङ जिल्लामा शरणार्थीको रूपमा बसे, जहाँ उनले माध्यमिक शिक्षा पूरा गरे । शरणार्थीको रूपमा जीवनको कठिनाइको बाबजुद, हरि आफ्नो शिक्षामा समर्पित रहे र उनले सुकुना बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरे । पछि उप्रेतीले झापामा नै अध्यापन गराउन पनि थाले ।
कुरा २००८ तिरको हो , भुटानी शरणार्थिलाइ तेश्रो मुलुक स्थानान्तरण गर्ने कुरा आयो सन २००९ मा उप्रेतीको पनि नाम आयो र उनलाइ अमेरिका जान अनुमति दिइयो । जस्तो सुकै परिस्थितिमा पनि उनले आफ्नो अध्ययनलाइ डगमगाउन भने दिएनन् । पढ्नमा अब्बल उनले आफ्नो अध्ययन जारी राखे र डेनभर, कोलोराडोबाट एमए को डिग्रि हासिल गरे ।
आफ्नो जिवनकालमा जम्मभुमि छोड्नु पर्दाको पिडा , शरणार्थि बनेर बिताएका कस्टकर जिवन लाइ स्विकार्दै पढाइलाइ निरन्तरता दिदै अमेरीका पुगेका उप्रेतीले दुख केहो भन्ने कुरा नजिक बाट बुझेका छन् ।
नयाँ ठाउँ नयाँ परिवेशमा पुन पुगेका उप्रेतीले आफ्नो मेहनत , कडा परिश्रम र इमान्दारीताको कारण १५ बर्षमा आफ्नो परिचय नै बदलिसकेका छन् । अमेरीकामा आफ्नो छुट्टै व्यावसायका साथ नेपाली गीत लेखनमा एक परिचित व्यक्तित्व बनिसकेका छन् ।
जिवनमा अभाव केहो र दुख केहो भन्ने बुझेका उप्रेती सामाजिक सेवामा पनि सक्रिय छन् अमेरीकामा बसेर नेपालमा दिनदुखिहरुको सेवामा सक्रिय नै छन् । हाल सम्म १०० भन्दा बढि गीत रेकर्ड गरिसकेका उप्रेतीका गीतमा चिरपरिचित गायक गायीकाका आवाजले श्वरबद्ध छन् । उनलेसेकेन्ड खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ , ग्लोबल नेपाली फिल्म एण्ड म्यूजिक मिडिया एण्ड सोसल अवार्ड २०१८ , ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ , सातौ म्यूजिक खवर म्यूजिक अवार्ड , नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ , नेशनल बक्स अफिस म्युजिक अवार्ड २०१९ , सेकेन्ड योङ माइन्ड इन्टरटेनमेन्ट म्यूजिक अवार्ड २०१९ , नेशनल क्यापिटल म्यूजिक अवार्ड २०२० , नेशनल साधना म्यूजिक अवार्ड राष्ट्रिय प्रभुनारायण चौधरी राष्ट्रिय सम्मान २०१८ , गीतकार संघ नेपालले २०७८ सालमा डायस्पोरा गीतकार सम्मान लगायत दर्जन भन्दा बढि संघसस्था बाट बिभिन्न सम्मान बाट सम्मानित उप्रेतीका हाल अमेरीकाको ओहायो राज्यमा बस्दै आएका छन् ।
गीतकार उप्रेती हाल अमेरीकाको ओहायो राज्यमा श्रीमती राधिका उप्रेती र छोरीहरु लिला उप्रेती र लक्ष्मी उप्रेतीको साथमा रहदै आएका छन् ।
आफ्नो भोगाइ , आफूले देखेको सुनेका , कल्पना गरेका र समसामहिक बिषय बस्तुलाइ टपक्कै टिपेर गीत लेख्ने कला उनको असाधारण छ । उनका चर्चित गीतहरू ‘दुइ चुल्ठी बाट्नेलाई ’ र्याइ र्याइ सारंगी , किन मन उदास उदास , वल्ली होइन पल्लि , लगायतका थुप्रै गीतहरु रहेका छन् भने केहि फिल्मका गीतमा समेत शब्द कोरिसकेका छन् । केहि फिल्म , सिरियल , सर्ट फिल्म तथा डकुमेन्ट्रि फिल्मको निर्माताको रुपमा पनि संलग्न भएका छन् उनको निर्माण रहेको डकुमेन्ट्रि जोगिले थुप्रै अन्र्तराष्ट्रिय अवार्ड हासिल गरेका छ ।
करुणा भाग १ र करुणा भाग दुइ गरेर दुइ वटा गीति एल्वम का साथै अडियो बुक मनका तरेलीहरु पनि उनले सार्वजनिक गरीसकेका छन् । गीतकार हरि उप्रेतीले आफ्ना गीत तथा गजलहरु गुनासो गजल संग्रह प्रकाशित गरि संग्रहित गरेका छन् ।
नेपाली भाषा र सस्कृतिलाइ मौलिक ढंगले गीतलेखनमा सक्रिय हरि उप्रेतीले नेपाली सांगीतिक क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेका छन् ।


