नायिका रञ्जना शर्माले गरिन् कानुनी बिबाह

सिनेपत्र/अमेरीका

‘मर्यादा, मौसम, बदमास, तिमी मेरी हौं, कन्यादान, सलाम छ मायाला, विरताको चिनो’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेकी नायिका रञ्जना शर्माले प्रेमी निकेश सिलवालसँग कानुनी बिबाह गरेकी छिन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी रञ्जना र निकेशले बुधबार काुननी बिबाह गरेका हुन् ।

रञ्जना र निकेश एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । केही समय अगाडि रञ्जनाले सामाजिक संजालबाट आफू प्रेममा रहेको जानकारी समेत दिएकी थिइन् । कोभिडका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी बिबाह गरेका छन् । उनीहरुले, केही समयपछि हिन्दु परम्परा अनुसार बिहे गर्ने बताएकाे छ ।

 

Comments
Related News