‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक

सिनेपत्र/काठमाण्डौं
रामबाबु गुरुङ्ग निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘दुबो फुल्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर, एसडी योगीको संगीत, हर्क साउदको शब्द रहेको छ । लोक लयको यो गीतको भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् ।
चलचित्रको यो गीतमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ लगायतलाई देख्न सकिने छ । चलचित्रमा रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।
यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ ।
हेर्नुहोस् भिडियो ।
Comments
Related News
Latest Updates
Trending
Videos




