भाद्र २ मा ‘भूइँमान्छे’ आउदैं, सिपोरा सँगै रमेशको मनोदशा

हाम्रो कला/काठमाण्डौं

शैलि ईन्टरटेन्मेट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुती चलचित्र ‘भूइँमान्छे’को ट्रेलर सार्वजनिक भएको छ । अस्पतालमा पोष्टमार्टम काम गर्ने मान्छेको कथा रहेको चलचित्रले दैनिक लाशको चिरफार गर्ने ब्यक्तिको मनोदशा प्रस्तुत गरेको छ ।

खेलाडी सिपोरा गुरुङ्गले मुख्य पात्रको रुपमा अभिनय गरेको उक्त चलचित्रमा रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

विदुर पाण्डेको छायांकन रहेको चलचित्रमा कथा/पटकथा/सम्वाद र निर्देशन नवराज बुढाथोकीको रहेको छ । मुख्य निर्माता रोहिणी भट्टराई हुन् भने सहायक निर्मातामा निरुपा राज्य लक्ष्मी थापा र हरि यादव रहेका छन् ।

भाद्र २ गते प्रदर्शनमा आउने चलचित्रले चिकित्सा क्षेत्रका विकृतिलाई पनि उजागर गर्ने निर्माण पक्षले जनाएको छ ।
हेर्नुहोस् ट्रेलर ।

Comments
Related News