‘संरक्षण’ ट्रेलर सार्वजनिक, मधेस राजनीतिको चित्रण

हाम्रो कला/काठमाडौं
पुर्नेन्दु प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । राजनीतिक बिषयमा तयार भएको चलचित्रलाई पुर्नेन्दु झाले निर्देशन गरेका हुन् ।
नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, नन्दु श्रीवास्तव, स्वेता शाहको लगानी रहेको चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, रमेश रञ्जन, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा मधेश आन्दोलन र यस सँग सम्बन्धित विविध पक्षलाई उजागर गर्न खोजिएको छ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत रहेको छ ।
हालको ट्रेलर नायक सौगात मल्ल केन्द्रित रहेको र चाडैनै नायक निखिल उप्रेती केन्द्रित ट्रेलर पनि सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।
साउन १३ गतेबाट रिलिज गर्ने भनेर चर्चा चलाएपनि अन्ततः चलचित्र ‘संरक्षण’ साउन २७ गतेबाट हलमा आउने भएको छ ।
हेर्नुहोस् ट्रेलर ।




