‘धनपति’को ट्रेलर सार्वजनिक

हाम्रो कला/काठमाण्डौं
अभिनेता खगेन्द्र लामिछानेको बहुप्रतिक्षित चलचित्र ‘धनपति’को ट्रेलर सार्वजनिक भएको छ । खगेन्द्र स्वंयमले लेखेका उक्त चलचित्रलाई सफल निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।
नेपालको राजनितिक तथा सामाजिक कथा बोल्ने उक्त चलचित्रमा खगेन्द्र पहाडीमधेशी मुलको जस्तो ब्यक्तिको रुपमा देखा परेका छन् । केही फरक भुमिकामा देखा परेका उनि यस चलचित्रबाट निकै आशावादी रहेका छन् ।
रोजिना सिटौला निर्माता रहेको यस चलचित्रलाई निर्देशक स्वंयमले खिचेका हुन् । चलचित्रमा खगेन्द्र सँगै नवनायिका सुरक्षा पन्त,मनिष निरौंला,आशान्त शर्मा,सुरवि बर्तौला,हरीहर शर्मा,रवि गिरी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
‘पशुपतिप्रसाद’ चलचित्रबाट राम्रै चर्चा बटुलेका अभिनेता र निर्देशकद्घयको सहकार्यमा यो दोस्रो चलचित्र हो । चलचित्र ‘धनपति’ असार २३ देखि प्रर्दशनमा आउने छ ।
हेर्नुहोस् भिडियो ।




