मुख्य कलाकारको अनुपस्थितिमा सार्बजनिक भो ‘हेल्लो जिन्दगी’को गीत !(भिडियो सहित)

सिनेपत्र/काठमाण्डाैं

नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’को ‘अनौठो माया’ तथा ‘ओखर दान’ बोलको गीत सार्वजनिक गरिएको छ । आगामी चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा समावेश दुई गीत एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो ।

सार्वजनिक भएको दुई मध्य गीत मध्य ‘अनौठो माया’ बोलको गीतमा निर्देशक बोहराको शब्द तथा अमित श्रेष्ठको संगीत छ । एड्रिन प्रधान र रजिना रिमालले गीतमा स्वर रहेको छ । गीतलाई विष्णु देवाको कोरियोग्राफी गरेका हुन् भने अरुण प्रसाद अलवर्टले छायांकन रहेकोछ । गीत नेपाली र अग्रेजी भाषामा तयार पारिएको छ ।


यस्तै ‘ओखर दान’ बोलको गीतमा राजनराज शिवाकोटि र मेलिना नेवारको स्वर रहेको छ । गीत रिलिज कार्यक्रममा सिनेमाका मुख्य अभिनेत्री दीपिका प्रसाई र प्रियंका कार्की तथा अभिनेता विल्सन विक्रम राई विक्रानत बस्नेत अनुपस्थीत थिए ।


वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विक्रम जोशी र दीपिका प्रसाईको मुख्य भुमिका छ । सिनेमामा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

हिराल जोशी र विक्रम जोशीले निर्माण गरेको सिनेमाकी कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन हुन् । निर्देशक बोहरा र अभिनेता जोशीको कथा रहेको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साघाएका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन छ । सविता गुरुङ सह–निर्माता रहेको सामाजिक कथामा निर्माण गरिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो ।

Comments
Related News