स्वस्तिमाले भारतिय चलचित्र ‘थिरिमाली’ मा अभिनय गर्ने

सिनेपत्र/काठमाण्डाै

नायिका स्वस्तिमा खड्काले साउथ चलचित्रमा अभिनय गर्ने भएकी छिन् । काठमाण्डौमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच संझौता भएको छ ।

चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुनेछ । राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् । ‘थिरिमाली’ नाम रहेकाे चलचित्रको छायांकन नेपालको काठमाण्डौ र मुस्ताङमा हुनेछ ।

चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ । नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने छ ।

Comments
Related News