रामबाबु गुरुङको कोसेढुङ्गो ‘कबड्डी’

 

सिनेपत्र/काठमाण्डौं

चलचित्र कबड्डी वि.सं. २०७१ मा प्रदर्शन भएको चलचित्र हो । ब्ल्याक हर्स पिक्चर्स प्रा.लि को प्रस्तुति चलचित्र कबड्डीलाई राम बाबु गुरुङ निर्देशन हुन् । निश्चल बस्नेत र सुनिल चन्द्र रौनियार निर्माता रहेको चलचित्रको लेखन स्वयंम रामबाबु गुरुङले गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र कबड्डीमा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ, राजन खतिवडा, बुद्धि तामाङ, बिजय बराल, पुष्कर गुरुङ, कविता आले, अरुण कार्कि, पशुपति राई, शिशिर वाङ्देल आदि कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा प्रकृतिकी खानी मुस्ताङ्को कथा लिएको छ । मुस्ताङ्को एउटा गाउँ जहाँ मुखियाको एक्लो छोरा काजी अर्थात् दयाहाङ राई उनको आफ्नी सोल्टिनी मैया अर्थात् रिश्मा गुरुङलाई बिहे गर्ने सपना बोक्छ । काजीको दुई साथी छन्त्याल अर्थात् बुद्धि तामाङ र वि.के अर्थात् बिजय बराल काजीसँग ऋण लिएर अबर जाने पर्खाइमा हुन्छन् । उता काजीले भने आफ्नो बिहे पछि मात्र ऋण दिने कुरा व्यक्त गर्छन् । काजीले मैयालाई जति माया गरे पनि मैयाले भने काजीलाई माया गरेकि हुँदिन् । मैया एस.एल.सि दिएर रिजल्टको प्रतिक्षामा हुन्छिन् । मैयाको सपना काठमाडौ गएर पढ्ने हुन्छ ।

भनिन्छ , प्रेम पाउनको लागि मानिसले जस्तो पनि जोखिम मोल्न सक्छ । काजीले पनि मैयालाई फकाउन र आफ्नो माया व्यक्त गर्न विभिन्न उपायहरु अपनाइ रहेको बेला चलचित्रमा विवेक अर्थात् निश्चल बस्नेतको आगमन हुन्छ र चलचित्रमा रोचक मोड आउँछ ।

नेपालीमा एउटा भनाइ खुब चर्चित छ । लगनको बेला हगन बिहे गर्न हतार भई रहेको काजीलाई साइत नजुरि रहेको बेला मैया काठमार्डौ पढ्न जान लागेको कुरा थाहा पाउँछ । काजी साथीहरुको सल्लाहा अनुसार सोल्टिनीलाई छोपेर बिहे गर्ने निर्णयमा पुग्छन् । काजी अर्थात् दयाहाङ राईको पागलपन र गाउँलेको निर्णयबाट चिन्तित मैया अर्थात् रिश्मा गुरुङ आफ्नो पढाई पुरा गर्न र काठमाडौमा आफ्नो बुवासँग बस्ने सपना साचेर विवेक अर्थात् निश्चल बस्नेतसँग गाउँ छोडेर भाग्छे । गाउँ छाडेर भागेकी मैयाको कारण चिन्तित काजी मैयालाई खोज्न काठमाडौ जाने निर्णय लिन्छन् । विवेकसँग माया गरेर गाउँ छोडेर काठमाडौ आएकी मैयालाई । विवेकले मायाको लागि भन्दा पनि विदेश पठाइ दिन्छु भनेर दश लाख ठगि गर्ने लालिगुरासँ मेनपावरका सञ्चालक अम्बिर गौचन अर्थात् शिशिर वाङ्देलसँग आफ्नो ठगिएको पैसा असुलन मैया अपहरण गरेको नयाँ तथ्य खुल्न पुग्छ । मैया मेनपावरका सञ्चालक अम्बिर गौचनकी छोरि हुन्छीन् । अम्बिर बिभिन्न ठगी मुर्दामा अरोपित फरार अभियुक्त हुन्छन् ।

बुवालाई भेट्ने भन्दै एऊटा होटलमा मैयालाई विवेकले राखेको हुन्छ । उता मुस्ताङबाट काजी मैयालाई खोज्न आउँछ । सोहि क्रममा रातको समयमा एउटा पान पसलमा काजीको भेट विवेकसँग हुन्छ । विवेक काजीलाई देखेर झङ्ग केहि छिन फाइट पर्छ अन्तममा विवेक र उनका साथी अथात् राजन खतिवडाले काजीलाई बाध्न सफल हुन्छन् । केहि छिनको गाली गलोज पछि उनीहरु एउटा सहमतिमा पुग्छन् ।
काजीले आफ्नो माया पाउँनलाई मेनपावरका सञ्चालक अम्बिर गौचनसँग फिरौतिको रकम विवेक यानेकी निश्चल बस्नेत र उनका साथी राजन खतिवडा सम्म पु¥याउन सहयोग गर्छ । जसले गर्दा विवेक र उनको साथीको विदेश पु¥याउछु भनेर ठगी गरेको पैसा असुल हुन्छ । उनीहरुले मैयालाई छोड् दिन्छन् । पैसा पाएसँगै विवेक र उनका साथीले प्रहरीलाई अम्बिर गौचनको बारेमा थाहा दिन्छन् । प्रहरीले ठगीको आरोप लागेको अम्बिरलाईे गिरफ्तार गर्छ । काजी अर्थात् दयाहाङ राई मैया अर्थात् रश्मि गुरुङलाई सम्झाएर गाउँ लैजान्छ । मैया गाउँमानै पढ्न थाल्छे । उता विवेक अथात् निश्चल बस्नेत र उनका साथी पैसा पाएसँगै केहि व्यवसाय गर्ने योजना गर्न थाल्छन् र चलचित्र समाप्त हुन्छ ।

चलचित्र कबड्डीको सफता पछि हाल सम्म यसको ३ वटा सिक्वयल निर्माण भइ सकेको छ । सबै सिक्वयल व्यवसायिक रुपमा सफल भएका छन् ।

Comments
Related News