को हुन् मनिषा कोइराला ?

  • उनी हजुर बुवा विश्वेश्वर प्रसाद कोइरालासँग वाराणसी गईन् । उनको सपना त डाक्टर बन्नु थियो । तर उनी मोड्लिङ् तर्फ आकर्षित भईन् ।
  • सिनेपत्र/काठमाण्डौं

     

    पछिल्लो समय नायीका मनिषा कोइरालाले नेपालले जारि गरेको नेपालको नयाँ नक्साको समर्थन गर्दै ट्विट गरे पछि उनी माथी भारतीय मिडिया खन्निएका छन् । मनिषा कोइरालाले आफ्नो व्यक्तिगत एकाउन्टबाट नेपालका विदेश मन्त्री, प्रदिप ज्ञावलीले गरेको ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।’ भन्ने ट्विटलाई “धन्यवाद ! हाम्रो जस्तो सानो मुलुकको गरिमालाई उच्च राख्नको लागि, हामी आशा गर्दछौ की शान्तिपूर्ण तरिकाले तीन देशहरुले यसलाई वार्ताबाट हल गर्नेछ ।” लेखि रिट्विट गरेको पछि उनी माथी भारतीय मिडिया खन्निएका हुन् । भारतीय मिडियाले उनलाई भारतको खाएर, नेपालको र चीनको गीत गाउने भने जस्ता आरोप मानिषा माथी लगेको छ । आखिर किन ? खन्नियो भारतीय मिडिया । को हुन् ? मनिषा कोइराला ।

    सन् १९७०, अगस्ट १६ मा काठमाडौंमा बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइरालाको कोखबाट जन्मेकी नेपालकी छोरी हुन् मनिषा कोइराला । उनी नेपालका चर्चित नेता विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी समेत हुन् । यसै कारणले पनि भारतले मनिषा कोइरालालाई अझ महत्वपूर्ण तरिकाले हेर्ने गर्छ । उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढिन् । यसपछि उनी हजुर बुवा विश्वेश्वर प्रसाद कोइरालासँग वाराणसी गईन् । उनको सपना त डाक्टर बन्नु थियो । तर उनी मोड्लिङ् तर्फ आकर्षित भईन् । आफुलाई मोड्लिङ्तर्फ डोर्याइन् । कतिलाई थाहा नहुन सक्छ । मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना पनि हुन् । उनीको पहिलो चलचित्र भने सन् १९८९ ‘फेरी भेटौँला’ नामक नेपाली चलचित्र हो । उनको अथक मेहनत र परिश्रमको कारण सन् १९९१ मा उनको पहिलो हिन्दि चलचित्र ‘सौदागर’ बाट बलिउडमा आफ्नो पाइला अघि बढाइन् । त्यस पछि उनले पछि फर्के हेर्नु परेन् । अ लव स्टोरी (१९९४), तमिल भाषाको रोमान्टिक चलचित्र बम्बई (१९९५), अग्नि साक्षी (१९९६), गुप्त ः द हिडन ट्रुथ (१९९७) जस्ता कयौ चलचित्रमा आफ्नो अभिनयको छाप छोडिन् ।

    भारतीय मिडियाले जति खण्डन गरेको त्यतिनै नेपाली मिडिया, कलाकार, तथा राजनितिज्ञहरुले उनको त्यो ट्विटको खुलेर समर्थन तथा तरिफ गरेका छन् । मनिषाको त्यो ट्विटलाई नेपालमा राष्टप्रेमको सन्देशकोरुपमा लिएको छ ।

    Comments
    Related News