चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक

सिनेपत्र/काठमाण्डौं
चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएकाे छ । आज सार्वजनिक भएकाे टिजर पुरानाे शैलिका दृष्यमा फरक दृष्य तथा विषय वस्तु देख्न सक्छाैं ।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा यी दुई कलाकारका साथ अभिनेता प्रदीप खड्का र नव-अभिनेता मनिष राउतको, शिव श्रेष्ठ, निर्माता सेन, बालकलाकार अनुभव रेग्मी, योगीशा खत्री, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन बराल, जोत्सना खत्री, शिशिर राणालगायतका कलाकारहरूको अभिनय रहेकाे छ ।
डेढ सय वर्ष अगाडिको कथामा आधारित भएको फिल्मको छयांकन ४० प्रतिशत काठमाडौंमा र बाकी ६० प्रतिशत सम्पूर्ण दृश्य मनाङमा गरिएको हो ।
फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन रहेको छ ।
चलचित्रको विदेशी राइट्सहरू बिक्री भइसकेका छन् ।
चलचित्र २८ चैतमा प्रदर्शन हुनेछ ।
हेर्नुहाेस् टिजर।




