सञ्चारकर्मी फूलमान वलकाे चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक

सिनेपत्र/काठमाण्डौं
भूकम्पबाट विछोडिएको परिवारले पुनरमिलनका लागि गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ ।सार्वजनिक ट्रेलरमा माया–प्रेम, बिछोड, पीडा र सरकारी कार्यालयको कार्यशैली चित्रण गरिएको छ ।
‘नीरफूल’मा दयाहाङ राई, जिग्मे घिसिङ, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरीलगायत कलाकारको अभिनय रहेकाे छ ।
चलचित्रलाई सञ्चारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् ।
फागुन ३० बाट चैत ७ प्रर्दशनका लागि सरेको चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो ।
हेर्नुहाेस् ट्रेलर।
Comments
Related News
Latest Updates
Trending
Videos




