‘हिजो आजका कुरा’को पहिलो गीत रिलिज

सिनेपत्र/काठमाण्डौं
‘हिजो आजका कुरा’ चलचित्रकाे पहिलो गीत रिलिज भएको छ। चलचित्रले ‘माया जदौं’ बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियो दर्जन जति कलाकारको नृत्य छ ।
अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशकिय डेब्यू चलचित्रको यस गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा भूषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, नविक के.भट्टराई र साकार पन्त सहित अन्य कलाकारलाई देख्न सकिन्छ ।
दिपक शर्माको संगीतमा तयार भएको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ। गीत आनन्द अधिकारीले लेखेका हुन् । चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त लगायत कलाकारहरुको अभिनय छ ।
चलचित्रमा बैशाख १२ गतेदेखि रिलिज हुनेछ।
हेर्नुहाेस् भिडियाे ।




