चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ बोलको गीत सार्वजनिक

सिनेपत्र/काठमाण्डौं
चलचित्र ‘सरौतो’मा समावेश ‘केही आधा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो चलचित्र कात्तिक २२ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु सुमी मोक्तान र सन्नी सिंहलाई देख्न सकिन्छ ।
यो गीतमा पुष्पन प्रधानको शब्द , संगीत र स्वर छ । चलचित्रलाई हरि हुमागाँइले निर्देशन गरेका हुन् ।
यो गीतको भिडियोलाई १४ दिन लगाएर नेपालको हरेक प्रदेशमा खिचिएको निर्माणपक्षले बताएको छ ।
चलचित्रमा सुमी र सन्नीसँगै लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
हेर्नुहोस् भिडियो ।
Comments
Related News
Latest Updates
Trending
Videos




