चलचित्र ‘ च च हुई’को दोश्रो गीत ‘जवानी’

सिनेपत्र/काठमाण्डौं

मंसिरको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ च च हुई’को दोश्रो गीत ‘जवानी’ सार्वजनिक गरीएको छ । चलचित्रमा समावेश आइटम गीतलाई दशैंको अवसर पारेर निर्माणपक्षले सार्वजनिक गरेको हो ।
सार्वजनिक आइटम गीतमा नायक आर्यन सिग्देल र मोडल एलिशा शर्मा देखिएका छन् । बालाजुस्थित एनएफडीसीमा सेट लगाएर गीतको छायांकन गरिएको थियो ।
गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द छ भने रोशन थापाको संगीत रहेकोछ । रोशन र सुमन गुरुङको गीतमा स्वर रहेकोछ । चलचित्रको सम्पादन र निर्देशन साम्तेन भुटियाले गरेका हुन् ।
चलचित्रमा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो ।

Comments
Related News