‘माया पिरती’मा दया र उपासना

सिनेपत्र/काठमाण्डौं
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ बोलको गीत सार्वजनिक भएको छ । कालिप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेकोे गीतमा कालिप्रसादसँगै सविन एकतारेको शब्द रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा रीश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र असोज ३ गतेबाट रिलिज हुन लागेको छ ।
हेर्नुहोस गीत ।
Comments
Related News
Latest Updates
Trending
Videos




