वरिष्ठ निर्देशक किशोर रानाकाे निधन

नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले पुष्टि गरे ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।

कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।

भारतीय चलचित्र नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका  मगरले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए । उनको शुक्रबार गर्ने तयारी भएको बताइएको छ । भाइ रञ्जितका अनुसार उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।

सिनेपत्र  परिवार निर्देशक किशोर राना मगर प्रती हार्दिक श्रदान्जली अर्पण गर्दछ ।

नेपाली कलाकारितामा उहाँको योगदान चलचित्र क्षेत्रले सधैं सम्झि रहनेछ ।

सिनेपत्र /काठमाडौं 

Comments
Related News