साइनोलाई पिजी सर्टिफिकेट, हेर्नुहोस् ट्रेलर सहित

 

सिनेपत्र /काठमाण्डौं

नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’लाई पिजी सर्टिफिकेट प्रदान गरिएको छ ।  यहि साउन २४ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्रलाई  सेन्सर बोर्डले पिजी सर्टिफिकेट प्रदान गरेको हो ।

पिजी सर्टिफिकेट प्राप्त गरेसँगै यो चलचित्र हेर्नका लागि १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा जानु पर्ने भएको छ । तर, यस चलचित्रका निर्देशक रमेश थापा भनेसबै उमेरका दर्शकले निर्धक्कका साथ चलचित्र हेर्न सक्ने बताउँछन् ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।

हेर्नुहोस् यस्तो छ ट्रेलर ।

Comments
Related News