सुनिल थापाको चलचित्र ‘रे’ को ट्रेलर सार्वजनिक।

सिनेपत्र/काठ्मान्डौ,
२०७६ साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सनको समिश्रण रहेको उक्त चलचित्रमा प्रमुख भुमिकाको रुपमा अभिनेता दिवस धिताल र अभिनेत्री सुजता थापा रहेका छन।उक्त चलचित्रमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा डनको भूमिकामा प्रस्तुत छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै उनले ट्रेलरमा संवाद बोलेका छन् ।
उक्त चलचित्रको ट्रेलरले फिल्म एक्सन प्रधान रहेको प्रस्ट्याउँछ । अभिनेता दिवसलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ ।राजेन्द्र त्रीपाठिले निर्माण गरेको उक्त चलचित्रलाइ दिनेश पौडेलले निर्देशन गर्नु भएको छ। एक्सनसँगै सामाजिक प्रेमकथामा फिल्म आधारित भएको निर्माण पक्षको भनाइ छ ।
सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ । यसमा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य रहेको छ ।




