शुशिल श्रेष्ठ र रुविना थापा अभिनित चलचित्र ‘लभ डायरिज’ को पहिलो गित सार्वजनिक

सिनेपत्र/काठ्मान्डौ

फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ ।अर्जुन पोखरेलको शब्द तथा संगीत, बाबु प्रधानको एरेन्ज र सुगम पोखरेल अनि स्वेच्छा ठकुरिको संयुक्त आवजमा रहेको गीत ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक भएको हो।
सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता सुशील र अभिनेत्री रुविना फिचर्ड छन् । सञ्जय लामाको छायांकन रहेको यस भिडियो दमदार रहेको छ। संगीतकार पोखरेलले गीतको भिडियो राम्रो बनेकोमा खुसी व्यक्त गरे ।

सौरभ चौधरीले यो फिल्मको निर्देशन गरेका हुन् । उनले फिल्मलाई राम्रो बनाउन आफूले कुनै कसर बाँकी नराखेको बताएका छन् । फिल्मको नामको अर्थ बुझाउँदै उनी भन्छन्, ‘प्रेममा रहँदा विताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई लभ डायरीज भनिन्छ । फिल्ममा पनि सुशील र रुविनाको अविस्मरणीय प्रेमलाई देखाइएको छ ।’ उनले फिल्मबाट आफू निकै आशावादी रहेको बताए ।

यो फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । नायक सुशील श्रेष्ठले फिल्ममा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेको बताए । उनले यो फिल्मका लागि दाह्री र कपाल निकै लामो बनाएका छन् । उनी आफ्ना अघिल्ला दुई फिल्मले राम्रो नतिजा हात नपारे पनि यो फिल्ममाथि ठूलो अपेक्षा रहेको बताउँछन् ।

उक्त फिल्म आउँदो असोज ३ मा रिलिज हुँदैछ । यो मितिमा सोमबारमात्र सुपरहिट फिल्मको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने निश्चत भएको छ । हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएपछि यो मितिमा ‘लभ डायरीज’ मात्र थियो । ‘कबड्डी’ को तेस्रो रिलिज भिड्न आएपछि अब यो फिल्म सर्ने चर्चा छ । तर, निर्देशक चौधरीले दशवटा फिल्म भिड्न आए पनि फिल्म नसर्ने ठोकुवा गरे ।

Comments
Related News