‘झिंगे दाउ’मा नायिका आँचल शर्मा

सिनेपत्र /काठमाण्डौं
चलचित्र ‘झिंगे दाउ’मा नायिका आँचल शर्माले काम गर्ने पक्का भएको छ । नायिका शर्माले बुधबार चलचित्रमा काम गर्ने गरी संझौता गरेकी छन् । यो चलचित्रमा कलाकार मुकुन भुषाल र नायिका केकी अधिकारी भने फाइनल भैसकेका छन् । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दै छन् ।
चलचित्रले महिलाले घर र समाजलाई कसरी विगार्न सक्छन् भनेर देखाउन खोजेको छ ।’ आँचलले आफूलाई आफ्नो भूमिका शक्तिशाली लागेर नै काम गर्न लागेको बताईन् ।
नायिका आँचलले चलचित्र ‘दाल भात तरकारी’पछि यो बर्ष कुनै पनि चलचित्रमा संझौता गरेकी थिइनन् ।
Comments
Related News
Latest Updates
Trending
Videos




