प्रचारप्रसार तिव्र पार्दै “भूँईमान्छे”

हाम्रो कला/काठमाण्डौं
प्रदर्शन मिति नजिकि रहदाँ नेपाली कथानक चलचित्र “भूँईमान्छे” ले आफ्नो प्रचारप्रसारलाई तिव्र पारेको छ । चलचित्र “भूँईमान्छे” युनिटले जोरपाटिमा रहेको नामी कलेजका विद्यार्थीसँग चलचित्रको बारेमा अनुभव साटासाट गर्नूको साथै टिजर तथा ट्रेलर प्रदर्शन गरेको थियो ।

चलचित्रको टिजर तथा ट्रेलर प्रदर्शन पश्चात विद्यार्थीले “फरक मौलिक नेपाली चलचित्र बनेको हुनाले भाद्र २ गते भूँईमान्छे हेर्नको निम्ती सिनेमा हल सम्म पुग्ने कुरा व्यक्त गरे थिए ।” उक्त कार्यक्रममा चलचित्रका निर्देशक नवराज बुढाथोकी तथा प्रमुख निर्माता रोहिणी भट्टराईले चलचित्रको बारेमा प्रष्ट्याउनु भएको थियो । कलाकार सिपोरा गुरुङ्ग र सहिन प्रजापतिले चलचित्रमा आफ्नो भुमिका बारे जानकारी दिएका थिए ।

शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्रा.लि. र शैली थिएटरको प्रस्तुती नेपाली कथानक चलचित्र “भूँईमान्छे” भाद्र २ गते नेपाल अधिराज्य भर एकैसाथ प्रदर्शन हुँदैछ ।

तस्विर: संजिव पौडेल




