टेलिचलचित्रको रुपमा फक्रिन तयार ‘गुलाब’ !

सिनेपत्र/काठमाण्डौै
लामो समय देखि सक्रिय हुँदै, हरेक पल , भाविको लेखान्त, दमाई दाई जस्ता चर्चित टेलिचलचित्र लेखन तथा निर्देशन गरिसकेका सुरेन्द्र सिंह थापाको लेखन तथा निर्देशनमा गुलाब नामक टेलिचलचित्रको शुभमुहुर्त भएको छ ।
गागलफेदीको बिभिन्न रमणिय स्थान छायांकन रहने यो टेलिचलचित्रलाई नवराज अधिकारी, इश्वर अधिकारीको लगानीमा निर्माण गर्न लागेका हुन् । उनीहरूले यस अगाडि माईती घर नामक टेलिचलचित्रको निर्माण गरिसकेका छन् ।

टेलिचलचित्र गुलाबमा सुरेन्द्र थापा, संजिब पौडेल,नवराज अधिकारी, इश्वर अधिकारी, कविता खड्का, सानु थापा, नारायण अर्याल, श्रीकृष्ण थापा, किस्मत थापा, मुख्य भुमिकामा देख्न सकिने छ।
सुरज थापाको छांयाकन रहने यस टेलिचलचित्रमा सुजित थापाले सम्पादन रहनेछ।
यो टेलिचलचित्र काजी फिल्मस् नामक युट्युब च्यानलबाट प्रसारण हुने जानकारी निर्माण पक्षले दिएको छ ।




