कलालाई सम्मान गराैं, गलत कार्यलाई हैन

सिनेपत्र/तनहुँ
दृश्य : १
समय : मध्यान्न
स्थान : जिल्ला प्रहरी कार्यालय तनहुँ
पात्र : नायिका पुजा शर्मा लगायतका केही कलाकार र केही थान युट्युवर
‘बुधबार अभिनेत्री पूजा शर्मा तामझामसहित नाबालिका बलात्कारका आरोपित पल शाहलाई भेट्न जिल्ला प्रहरी कार्यालय तनहुँ जाँदा उनलाई हेर्ने र समर्थनमा नाराबाजी गर्नेको भीड थामिनसक्नु थियो । भीडभन्दा अलि पर पीडित किशोरीका बुवा चुपचाप बसेका थिए, छेउमा आमाको मौनता उस्तै देखिन्थ्यो ‘
याे दृश्य कुनै चलचित्र या टेलिचलचित्रको हैन । यो त नाबालिकलाई करणी गरेको आरोपमा हिरासतमा रहेका नायकलाई भेट्न नायिका पुग्दाको दृश्य हो । यस्ता दृश्य केही दिन देखि तनहुँका स्थानियले त देखेकै छन् ति बाहेक देश बिदेशमा रहने दर्शकले पनि युट्युवमा हेरिनै रहेका छन् ।
केही दिन अगाडी अभिनेता पल शाह विरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले यसै साता आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरें। जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ ।
यसरी अभिनेता शाह हिरासतमा बसिरहदा उनलाई भेट्न केही कलाकार तथा केही पत्रकारहरु दाैडधुप गरिरहेका छन् । यसै क्रममा शिर्जना भएको दृश्य नं. १ ले अहिले हाम्राे समाजकता जादैंछ भन्ने प्रतिविम्बित गर्दछ । एक ब्यक्ति कानुनले जघन्य मानेकाे अपराधको आरोपमा हिरासतमा बसिरहदा हिरासत बाहिरका यस्ता दृश्यले आरोपीको मनोबल बढाउन तथा पिडितलाई कमजोर बनाउन मदत गरि रहेको छ ।
कुनै पनि कलाकारको कलालाई सम्मान गरिन्छ न कि उस्ले ब्यक्त्तिगत जिवनमा गरेका हरेक गल्लिलाई पनि सम्मान गर्नु पर्छ भन्ने छैन । कानुनले सबैलाई समान देख्ने गर्छ । कानुन भित्र रहेर गरिएका हरेक ब्यक्त्तिको काम सम्मान याेग्य रहन्छ । जब मान्छे कानुन बहिर जान्न र कानुनले अपराध मानिएको कार्य गर्द तव उ सम्मानको पात्र नरहन सक्छ ।
एक अभिनेता कानुनले अपराध भनेको कर्मले आरोप खोपिरहेको छ भने यहाँ सबै आफ्ना किसिमले उस्लाई ब्यख्या गरिरहेका छन् । अपराध गर्यो या गरेन भन्ने कुरा कानुन तथा अनुसन्धान र प्रमाणले बताउला । तर हामीले उस्लाई पर्दामा देखिएको भुमिकाको आधारमा चरित्र बनाउदैछाै ।
कलाकारले गरेका हरेक कलाको सम्मान गर्नु आम दर्शक तथा स्रोताको जिम्मेवारी रहला तर उस्ले निजि जिवनमा गरेका हरेक कार्यलाई समर्थन गर्नु आवश्यक छैन् । यसरी अहिले सबैले चासो दिएको घटनालाई कोही कसैले पनि “ए कलाकार हो’ भन्नु भन्दा पनि गरेको काम के हो बुझ्न जरुरी छ ।


