हिम्मतको कथा मांझी–द माउन्टेन म्यान

  • शुरु हुन्छ उनी एक्लै हथौडा लिएर पहाड फोर्न लाग्छन् । भनिन्छ नि, जब कुनै व्यक्तिले केहि फरक काम गर्छ उसलाई समाजले पागलको संज्ञा दिन्छ ।
  • सिनेपत्र/काठमाण्डौं

     

    चलचित्र मांझी ः द माउन्टेन म्यान सन् २०१५ प्रदर्शन भएको चलचित्र हो । यो चलचित्र बास्तविक घटनामा आधारित चलचित्र हो । चलचित्र मांझी ः द माउन्टेन म्यानलाई केतन मेहताले निर्देशन गरेको हुन् । यस चलचित्रलाई केतन मेहता,अजुम राजावाली, महेन्द्र झकार, भरतराज स्वामी, शादाज अमद संयुक्तरुपमा लेखेका हुन् । चलचित्रलाई राजिब जैनले खिचेका हुन् । यस चलचित्र मांझी ः द माउन्टेन म्यानमा नवाजुद्दीन सिद्दीकी, राधिका आप्टे, तिग्मांशु धुलिया, दिपा साही तथा अशरफ उल हकलाई प्रमुख भुमिकामा देख्न सकिन्छ ।

    सन् १९६० को बास्तबिक घटनालाई यस चलचित्रमा देखाउन खोजिएको छ । दशरथ मांझी (नवाजुद्दीन सिद्दीकी) भारतको बिहार, गया नजिकैको एउटा सानो गाउँ गेहलौरमा बस्ने एक व्यक्ति हुन्छन् । उनको परिवारमा फगुनिया देवी (राधिका आप्टे) उनको श्रीमति र उनको छोरा बस्दै आएका हुन्छन् ।

    दशरथ मांझीको गाउँ नजिकै एउटा चट्टानी पहाड हुन्छ । जसको कारण नजिकैको शहर वजीरगञ्जमा उपचारको लागि वा अन्य काम गर्न निकै गाह्रो हुन्छ । सानो केहि काम गर्नु परेको खण्डमा पनि मानिसहरूले त्यो चट्टानी पहाड चढ्नु या त्यो पहाडलाई घुमेर यात्रा गर्नु पथ्र्यो ।

    एक दिन दशरथ मांझीकी गर्भवती श्रीमती पहाड पार गर्ने क्रममा लड्न पुग्छिन् । त्यो चट्टानी पहाडबाट लडेर घाइते श्रीमतीलाई अस्पताल पु¥र्याउन निकै समय लाग्छ कारण त्यो चट्टानी पहाड । श्रीमतीको ज्यान नजोगीए पनि उनकी श्रीमतीको पेटमा रहेको बच्चा भने जन्मिन्छ ।

    यहि घटना क्रमले गर्दा दशरथ मांझी नराम्रोसँग असर पु¥र्याउछ । जसको कारण उनले संकल्प गर्छन् । कि उनको श्रीमती मार्ने त्यो चट्टानी पहाड त्यहाँबाट हटाउने (फोर्ने) जस्ले गर्दा सिनेमालाई अर्कै मोडमा पु¥याउँछ ।

    शुरु हुन्छ उनी एक्लै हथौडा लिएर पहाड फोर्न लाग्छन् । भनिन्छ नि, जब कुनै व्यक्तिले केहि फरक काम गर्छ उसलाई समाजले पागलको संज्ञा दिन्छ ।

    उनलाई पनि यस्तै भयो दुब्लो पातलो मान्छे त्यो बडेमानको चट्टानी पहाड फोर्छु भन्दा सबै गाउँले उनको खिल्ली उडाउँछन् र पागलको संज्ञा दिन्छन् । तर उनले भने हरेस मान्दैन्न ।

    उनको अथक मेहनत र एक्लो प्रयासले दशरथ मांझी २२ बर्ष लगाएर उक्त २५ फिट अग्लो चट्टानी पहाडलाई त्यहाँबाट हटान सफल हुन्छन् ।

    यस चलचित्र मांझी ः द माउन्टेन म्यान दशरथ मांझीको बास्ताविक जीवनमा अधारित चलचित्र हो । उक्त चट्टानी पहाडलाई फोरेको ४ बर्ष पछि यानेकी सन् २००७ मा दशरथ मांझीको निधन भएको थियो ।

    Comments
    Related News