सिरियाली फिल्म निर्माताले भूकम्पमा परिवारका १३ सदस्य गुमाए

फिल्म मेकर तथा  सिनेमेटोग्राफर फादी अल-हलाबी

सिनेपत्र /एजेन्सी

ओस्कार विजेता छोटो फिल्म “द ह्वाइट हेल्मेट्स” र ओस्करमा मनोनित वृत्तचित्र “लास्ट मेन इन एलेप्पो” का सिनेमेटोग्राफर फादी अल-हलाबीले टर्कीमा गएको विनाशकारी भूकम्पमा आफ्नो परिवारका १३ सदस्य गुमाएको बताएका सामाजिक सञ्जाल मार्फत बताएका छन्।

अल-हलाबीले सन् २०१२  मा अन्य धेरै सिरियाली पत्रकारहरूसँग सहकार्यमा अलेप्पो मिडिया सेन्टरको स्थापना गरेका थिए ।  रोरी पेक ट्रस्टका अनुसार, अलेप्पो मिडिया सेन्टर लन्डनमा रहेको गैह्र नाफामुलक संस्था हो, जसले स्वतन्त्र पत्रकारहरूको सुरक्षामा ध्यान दिने गर्दछ ।

भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तिमा ३४,१७९ पुगेको छ भने भूकम्प गएको एक सातापछि मात्रै जारी राहत शुरु भएको थियो । लामो समयदेखि चलिरहेको गृहयुद्ध र देशको उत्तरमा विद्रोही नियन्त्रित क्षेत्रहरू रहेकाले सहायता प्रदान गर्न चुनौती तथा जटिल बनेको छ ।

 

Comments
Related News