इन्डिएन कमेडी शो, “दि कपिल शर्मा शो” का दर्शक हरुलाइ दुख: को खबर

सिनेपत्र / काठमाण्डाै‌

अत्याधिक चर्चामा रहेको र धेरैले रुचाइएको इन्डिएन कमेडी शो “दि कपिल शर्मा” शो का संचालक कपिल शर्मा केहि दिनको लागी शो बाट ब्रेक लिने भएका छन।

कपिल शर्माले गत बर्षको डिसेम्बरमा लामो समय देखी प्रेम गरेकी प्रेमिका गिन्नी चतरथ सङ्ग बिवाह गरेका थिए। जानकारीमा आए अनुसार उनकी श्रीमती गिन्नी बच्चाको आमा बन्ने भएपछी उनको हेरविचारको लागी कपिल शर्माले शो बाट ब्रेक लिने भएका हुन।

केहि दिनको ब्रेक पछि पुन: शो मा फर्किने र शो लाइ निरन्तरता दिने कपिल शर्माले बताएका छन।कपिल शर्मा ब्रेकमा भए पनि शो भने निरन्तर हुने “दि कपिल शर्मा शो” को टिमले बताएको छ।

← Back

Thank you for your response. ✨

Comments
Related News